हिपमत डटकम
बिराटनगर ,मंसिर–१६ ।

नेपालि टेलिभिजन जगतमा गायन विधाको दोश्रो अन्तराष्ट्रिय फ़्रेञ्चाईज को रुपमा रहेको ‘द भ्वाईस अफ नेपाल-२’का प्रतिष्पर्धीको रुपमा रहेका बलबहादुर राजबंशीको आवाजमा एक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । युट्युब मार्फत सार्बजनिक भएको ‘किन बस्यौ यी आखामा’ बोलको गीत बल बहादुर भ्वाईस अफ नेपालको लाईभ भोटिङ्ग राउण्ड अर्थात उत्कृष्ट ९ बाट बाहिरी लगत्तै सार्बजनिक भएको हो । हेर्नुस भिडियो यस्तो बनेको छ ।
सार्बजनिक गीत ‘साया’ नामक एल्बममा समाबेश छ भने गीतमा स्वर संगै संगीता पनि बलबहादुरकै रहेको छ । प्रेम बिछोडको झल्को दिने गीतको भिडियोमा माधब केसी, निक्की संग्रौला र अनिशको अभिनय रहेको छ । ईटहरी निवासी निक्कीले यसै म्युजिक भिडियो मार्फत नेपालि मोडलिङ्ग उधोगमा पाईला चालेकी हुन् भने उनले यसअघि केहि फेशन शोहरुमा र्याम्प गरिसकेकी छन् । गीतलाई संचारकर्मी बिरेन्द्र कुमार शाहले लेखेका छन् ।

उदय राज पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई नवल नेपालले निर्देशन गरेका छन् । नवल फिल्मका परिचित निर्देशक मध्येका एक हुन् । उनले पछिल्लो समय साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्का अभिनित ‘मारुनी’ निर्देशन गरेका थिए भने सो फिल्मले राम्रै चर्चा संगै ब्यापार पनि गर्यो । सार्बजनिक भिडियोलाई मदन काश्यप घिमिरेले छायांकन गरेका छन् भने नबिन निरौलाले भिडियोलाई सम्पादन तथा कलर गरेका छन् । भिडियो बुढा सुबा डिजिटल प्रालि नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!