हिपमत डटकम

शुक्रबार, फाल्गुण २७, २०७८ || 240  पटक पढिएको

काठमाडौ, २७ फागुन। काठमाडौं महानगरपालिका-१६ माछापोखराबाट राज कुमार तामाङको सुन-चाँदीका गर-गहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

राज कुमारको सुन-चाँदीका गर-गहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोला सुनको मंगल सुत्र, १ थान चाँदीको ब्रासलेट र १ थान रातो पोते माला प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!