हिपमत डटकम

शुक्रबार, फाल्गुण २७, २०७८ || 341  पटक पढिएको

काठमाडौं, २७ फागुन। काठमाडौका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई गोकर्णेश्‍वर नगरपालिका-५ बाहुनधाराबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-५ बाहुनधारा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ घर भएका २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, गोकर्णेश्‍वर बस्ने सखुवासभा घर भएका २४ वर्षीय योग राज लिम्बु, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने झापा बुद्दशान्ति गाउँपालिका-६ घर भएका २० वर्षीय दिपेश मगर र गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारी बस्ने सुर्खेत मेलकुनादचोर घर भएका २४ वर्षीय विशाल राना रहेका छन् ।

काठमाडौं महानगरपालिका-६ बौद्ध तथा गोकर्णेश्‍वर नगरपालिकाको विभिन्न स्थानबाट चोरी कार्यमा संलग्न गिरोहका ब्यक्तिहरुले सोही इलाका र अन्य इलाकामा समेत चोरीका मोटरसाइकल बिक्री बितरण गर्दै आईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई ५ थान चोरीका मोटरसाइकल र २ वटा साइकलसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!