आइतबार, फाल्गुण ११, २०७६ || 766  पटक पढिएको

दुई पाङ्ग्रे सवारी निर्माणमा अग्रणी भारतीय कम्पनी हिरो मोटोकर्पले छिमेकी मुलुक नेपालमा प्लान्ट स्थापना गर्न आफूहरु तयार रहे पनि स्थानीय करकै कारण योजना अघि बढ्न नसकेको जनाएको छ ।

नेपाल आफूहरुका लागि निकै महत्वपूर्ण र पुरानो बजार भए पनि नेपालीका लागि नेपालमै मोटरसाइकल प्लान्ट खोल्ने योजना भने सरकारी नीतिका कारण पूरा हुन नसकेको कम्पनीका उच्च अधिकारीहरुले बताए ।

हिरोले अझै पनि नेपालमा सम्भाव्यता अध्ययन गरिरहेको र सरकारी सहयोग पाएमा लगानी गर्न इच्छुक रहेको जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा विपेन्द्र कार्कीले लेखेका छन् ।

राजस्थान राज्यको जयपुरमा रहेको हिरोको ग्लोबल सेन्टर अफ इनोभेसन एण्ड टेक्नोलोजी (सीआईटी) मा आयोजित एक कार्यक्रममा कम्पनीका ग्लोबल चेयरमेन डा. पवन मुञ्जालले नेपालको बजारलाई आफूहरुले सुरुदेखि ने विशेष महत्व दिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!