रंगेलीमा फेरि पनि किन ओली आउँदै छन् ? पिडीतले न्याय पाउछन् ? कि फेरी पनि केही घटना घटाएर जान्छन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियालाई एमालेमा प्रवेश गराउन फागुन २५ गते मोरङको रंगेली आउदै छन् ।
नेकपा एमालेले आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित केही जनप्रतिनिधिहरू पनि पार्टी प्रवेश गर्ने तयारी गरेको एमालेले जनाएको छ । बगडियाले माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा नगरपालिकाका प्रमुखमा निर्वाचित हुनुभएको थियो । उनी नेकपा एमाल र माओवादी मिलेर बनेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटदा एमाले तिर लागेका हुन् ।
केपी शर्मा ओली पहिलो पल्ट रंगेली आउनु र रंगेलीवासीको लागि त्यो कालो दिन : के हो त्यो घटना ?
मोरङको रंगेलीमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पल्ट आउन लागेका हुन् । उनी पहीलो पल्ट बिक्रम संवत २०७२ साल माघ ७ गते एमाले निकट युवा संघले आयोजना गरेको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षको हैसियतले सहभागी हुन आउने कुरा थियो । त्यती खेर रंगेली सहित पुरै मधेशमा दोस्रो मधेश आन्दोलन चरम सिममा थियो ।
युवा संघले आन्दोनको कारण हुन सक्ने सम्भावित घटनाको मध्य नजर गदै रंगेलीको नेपाल बैकको चौरमा गर्ने भनेको सो सभा स्थल परिर्वतन गरी इलाका प्रहरी कार्यालय नजिकै मञ्च बनाएको थिए भने सोही दिन मधेसी मोर्चा (आन्दोलनकारी) ले काली मन्दिर नजिकै सभा गर्ने तयारी गरेको थियो।
मधेसी मोर्चाले सो सभा विथोल्ने प्रयास गरेपछि रंगेली तनावग्रस्त भएको थियो । मेधसी मोर्चाका कार्यकर्तालाई तितरवितर गर्न प्रहरीले केही राउण्ड अश्रुग्याँस र हवाई फायर गरेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । यती गर्दा पनि आन्दोलनकारी पछी नहटे पछि प्रहरीले गोली चलाउदा तिन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका – ७ का महादेब ऋषीदेब, सुनवर्षी – ९ कै शिवु माझी र रंगेली – ६ का ६० वर्षीया द्रौपदीदेवी चौधरी रहेको तत्कालीन प्रजिअ स्वयम रायाले बताएका थियो । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा मोर्चाका कयै कार्यकर्ता घाइते भएका थियो।
मोर्चाका कार्यकर्ताले मोरङको पुरानो सदरमुकाम रंगेली बजार स्थित एमालेका दुई जना कार्यकर्ताको घरमा कार्यक्रमको अगाडीको राति तोडफोड गरेका थिए । एमालेका स्थानीय नेताहरु मनोज अग्रवालको घरमा ढुंगा हानेर सिसा फुटाएका थियो भने दिनेश ठाकुरको पाहुनालाई बस्नका लागि लगाइएको टेन्ट भत्काउनुका साथै प्लास्टिकका कुर्सीहरु तोडफोड गरेको इलाका प्रहरी कार्यालय रंगेलीका तत्कालीन प्रहरी निरीक्षक अभिचन्द्र रिजालले बताएका थियो।
यता तत्काल आन्दोलनको नेतृत्व गरीरहेको जसपा नेपालका रंगेली नगरपालीकाका अध्यक्ष पन्नालाल मण्डलले हाम्रो आन्दोलनलाई बिथोलनको लागि युवा संघले सो कार्यक्रमको आयोजना गरेको थियो । त्यती खेर रंगेलीमा आन्दोलन उतकृष्टमा थियो । हामीले रंगेली बाहेक मोरगंकै अर्को ठाउँमा गर्न युवा संघलाई आग्रह समेत गरेको थियो तर हाम्रो कुरा न सुनी रंगेलीमा कार्यक्रमको आयोजना गरी तिन जनाको निर्मम तरीकाले ओलले हत्या गराएका थियो । त्यतीखेर रंगेलीमा न कुनै केहीको शिल्यनास नै थियो न केहीको उद्धघाटन नै थिए , न पार्टीकै केही थयो। यो ओलीले मान्छे मार्नैकै लागि आएको थियो भन्ने उनी आरोप लगाएका हुन् । उनीनै यस घटनाको पुर्ण रुपेन दोषी हुन ।
उनले भने रंगेलीमा फेरि पनि किन ओली आउँदै छन् ? के त्यो २०७२ सालको घटनाको जिम्मेवारि लिदै माफी माग्छ्न त ? पिडीतले न्याय पाउछन् ? कि फेरी पनि केही घटना घटाएर जान्छन् ।