विहार । विहारका तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ ।
विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवाना समेत तोकेको छ ।
लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो ।
त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो ।
यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।