शनिबार, फाल्गुण १०, २०७६ || 628  पटक पढिएको

सडक सुरक्षित बनाउन नेपालमा करिब एक खर्ब रुपियाँ थप खर्च आवश्यक पर्ने देखिएको विश्व बैङ्कले औँल्याएको छ ।

स्विडेनको स्टकहोममा जारी सडक सुरक्षासम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा विश्व बैङ्कले सार्वजनिक गरेको दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी प्रतिवेदनले नेपालका सडक सुरक्षित बनाउन अबको एक दशकमा ९६ अर्ब ६९ अर्ब (८७ करोड ९० लाख डलर खर्चिनु पर्ने औँल्याएको हो । असुरक्षित सडक र यसले निम्त्याउने गरेका गम्भीर दुर्घटनाको समाधान खोज्न यस्तो लगानी जरुरी देखिएको विश्व बैङ्कले जनाएकोे छ ।

प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालका सडक व्यवस्थित तथा दिगो बनाउने एवं सडक सुरक्षा कार्यक्रममा पर्याप्त लगानी गर्न कञ्जुस्याइँ भइरहेको औंल्याएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!