शुक्रबार, फाल्गुण ०९, २०७६ || 1202  पटक पढिएको

ट्रेलर हेर्नेसाथ यो चलचित्रचाहिँ पहिलो दिननै हेरिन्छ सकेसम्म पहिलो शो को टिकट काटेर सोचेको थिएँ चलचित्र “आमा” को र सोचेजस्तै महाशिवरात्री को अवसरमा आज शुक्रबार हेरियो| चलचित्र हेरिसकेपछी समिक्षाभन्दानी आफ्नो मनोभव लेख्न मन लाग्यो|
मेरो मनोभाव:
चलचित्रको नाम “आमा” यो शब्द आफैँमा भारी शब्द र चलचित्रको नामनै यो भएपछी सबैभन्दा राम्रो पक्षनै यही हो , र अब चलचित्रले उक्त शब्दलाई न्याय गरेको छ त ? र उत्तर हो नेपाली परिपेक्षमा आमाको भूमिका बिभिन्न परिस्थितिमा कसरी बियुत्पन्न भएको हुन्छ उक्त कुरा चलचित्रले चित्रण गरेको छ |तर त्योभन्दा धेरै चलचित्रमा महिलाको सम्बन्ध पुरुषस्ँग र पुरुषको प्रधानता र पितृसतात्मक सोचले वियुत्पन्न द्वन्दात्मक परिस्थितिलाई ऐना जसरि हरेक पात्रबाट देखाएको छ जुन सबैभन्दा सवल र बलियो पक्ष हो| नेपाली समाजमा छोरालाई दिने महत्व तर त्यसबाट उत्पन्न भएका डरलाग्दो बाध्यतलाई देखाउनपनी सफल भएका छ्न निर्देशक |
अब पात्रको कुरा गर्दा एउटा परिवार छ आमा ,बुवा(भर्याङ बाट लडेर टाउकोमा चोट लागेको छ), छोरा(जसलाई रिन लिएर अ्मेरिका पाठाएको ) छोरी ज्वाइँ( कोठा भाडामा बस्छ्न बुडी हजुरआमा सँग ), बुवालाई शहरको अस्पतालमा ल्याइएको छ र कुरुवा आमा र छोरी ज्वाई , छोरी स्कुलमा जागिर खाने ज्वाई प्राइभेट कम्पनिमा जागिरे| यि सबै पात्रहरु हामिले देखेका भोगेका जस्तै छ्न त्यसैले यो पनि चलचित्रको सवल पक्षनै हो|चलचित्रमा धेरै दृष्य र संवादले हेर्ने दर्शकलाई च्वास च्वास घोच्छ कत्तिले यो त मेरो घरमापनी भएको कुरा हो भन्नेपनी लाग्छ जुन अर्को मजबुत पक्ष हो| सबै चरित्रको आफ्नै बाध्यता र कमजोरी छ कोइपनी ब्ल्याक र वाइट छैन्न सबै धेरथोर ग्रे एरियामा छ्न त्यसैले यो एकदमै हाम्रो कथा जस्तो लाग्छ्| चलचित्रमा निर्देशकले देखाउन खोजेको दुखान्त क्षण र उक्त क्षण पछाडी पात्रमा उत्पन्न भएका भाव र फरक कृयाकलापलाई एकदमै उत्कृष्ट ढङ्गा देखाएका छ्न र कतिपय सिनहरुमाभने कलाकारको चलचित्रप्रतिको लगाब र पात्रप्रतिको झुकाब छ्र्लङ्ग देखिन्छ जुन अर्को मजबुत पक्ष हो| मैले जहिलेपनी भन्ने गर्छु कुनै दुखान्त क्षण भोग्नु र अर्काको देख्नु बिलकुल फरक कुरा हो, दुखान्त क्षण भोगेर मात्र बुझ्न र महसुस गर्न सकिन्छ र सम्बन्धका आधारमा उक्त क्षणको बुझाई फरक पर्छ त्यो पनि चलचित्रले देखाउन सफल भएको छ |प्राय हामी धेरैजनालाई आफ्नो नजिकको मान्छेलाई माया देखाउन आउँदैन तर उक्त माया त्यतिबेला प्राकृतिक रुपमा आउँछ जब दुखान्त क्षण आफ्नो नजिक आइपुग्छ चलचित्रले त्यो कुरालाई पनि देखाएको छ |कतिपय कुरा यस्तो हुन्छ्न जुन अरुलाई सान्तवना दिन सकिन्छ तर आफ्नोमा पर्दा स्विकार्न मुस्किल्, त्योपनी चलचित्रमा छ जुन अर्को सबल पक्ष हो यसरि चलचित्रमा धेरै कुरा छ्न जुन अत्यन्तै यथार्थपरक छ्न अत्यन्तै सन्धर्विक|चलचित्रको प्राविधिक पक्षलाईपनी मैले त्यती ध्यान दिइन किनकी चलचित्रको पात्र, पात्रको मनोभाव , संवादले नै मेरो ध्यान तानिरहेको थियो , यो पनि सबल पक्ष हो| अन्तिम सबल पक्षमा के भन्न चाहान्छुभने हाम्रो सिनेमाहरुमा प्रगतिशिलता थोरै मात्रामा पाइन्छ र चलचित्र “आमा” मा महिलाले कपाल कृया गर्न खौरिएको देखाउनु चलचित्र प्रगतिशिल छ भन्ने जनाउनु हो जसको महत्व एकदमै ठुलो छ तर धेरैजनाले यि कुरालाई नकार्ने गरेपनी जब बिदेशी चलचित्रहरुमा भने यि कुराहरुले एकदमै तारिफ पाउने गर्छ्न्| विकास हुँदै गरेका मुलुक र शिक्षाको कमी भएका देशाहरुमा चलचित्र प्रगतिशिल हुँदा फाइदा धेरै हुने गर्छ किनकी सिनेमा संचारको एउटा सशक्त माध्यम हो|सम्पुर्ण कलाकारको काममा खोट लगाउने ठाउँ छैन| चलचित्रमा कमजोरी छ्न होला तर मलाई चलचित्र आमामा कमजोर पक्ष निकाल्न मन लागेन किनकी यो चलचित्र हेर्नुभन्दानी महसुस गर्नु र अनुभव लिनु जस्तै भयो मेरो लागी र म पात्रको गहिराइ र कथामा डुबेकाले मैले कमजोर पक्षको भेउनै पाइन |

र अब चलचित्र हेर्नेकी नहेर्ने भन्ने कुरामा म के भन्छुभने यस प्रकारको चलचित्र कसैको दबाब र करमा हेर्न नगैदिनुहोला सिर्फ आफ्नो मनले चाहेर जानुहोला तब मात्र यसको अनुभव लिएको स्वाद आउँछ|

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!