हिपमत डटकम

सोमबार, फाल्गुण ०२, २०७८ || 562  पटक पढिएको

सोमबार सेयर बजार बढेको छ। आज सेयर बजारको परिसूचक ०.०८ अंकले बढेर २७००.९८ पुगेको हो। अघिल्लो दिन नेप्से परिसूचक १००.६७ अंकले घटेर २७००.८९ पुगेको थियो।

दिनभरमा २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ ७ पैसाको कारोबार भएको छ।

कारोबार भएका कुल कम्पनीमध्ये १११ कम्पनीको मूल्य बढेको छ भने ६९ कम्पनीको मूल्य घटेको छ। बाँकी ११ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये आठ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाकीँ पाँच उपसमूहको सूचक नकारात्मक देखिएको छ।

सोमबार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर ८.१३ प्रतिशतले बढेको छ। त्यस्तै, सपोर्ट माइक्रोफाइन्यान्स वित्तीय संस्थाको सेयर ४.७२ प्रतिशतले बढेको छ भने नेसनल हाइड्रोपावर कम्पनीको सेयर ४.२८ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने जम्मा ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार २४५ रुपैयाँ ४० पैसाको कारोबार भएको हो।

यसपछि, एनटिसीको १७ करोड ७ लाख ८३ हजार ९ रुपैयाँ ५० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलपमेन्टको १५ करोड २३ लाख ७६ हजार १२५ रुपैयाँ ८० पैसा, अपि पावरको ११ करोड ५८ लाख ४२ हजार ५५७ रुपैयाँ ८० पैसा र हिमालयन डिस्टिलरी लिमिटेडको ११ करोड ४८ लाख ४९ हजार ६६८ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!