हिपमत डटकम

आइतबार, फाल्गुण ०१, २०७८ || 411  पटक पढिएको

झापा। चिज बल्स र मगमग चाउचाउ उत्पादन गर्दै आएको झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ । जिल्लाको मेची नगर नगरपालिका ढुवागढीमा रहेको उद्योगमा शनिबार बिहान ४ बजेदेखि आगलागी भएको हो ।

आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । आगो निभाउन लेटाङ नगरपालिका सहित १३ वटा दमकल प्रयोग गरिएको छ । ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ ।

उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएको उद्योगका सञ्चालक बुद्धि प्रकाश घिमिरेले जानकारी दिए ।

कारखानामा रहेका सबै कच्चा पदार्थ, ब्वाइलर, खाने तेलको ट्याङ्की लगायत सबै संरचना समेत नष्ट हुँदा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको घिमिरेले बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!