हिपमत डटकम

आइतबार, फाल्गुण ०१, २०७८ || 481  पटक पढिएको

उर्लाबारी । उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर(२ मा सडक कालोपत्रेको काम धमाधम भैरहेको छ । उर्लाबारी-२ को तल्लो भाग केर्खालीचौक देखी वडा कार्यालय जोड्ने सडकमा यतिबेला कालोपत्रे निर्माणको काम संचालन भइरहेको वडा कार्यालयले जनाएको छ ।

आगामी असार १५ सम्ममा निर्माणकार्य सम्पन्न् गर्ने २८ लाख ५६ हजार ८ सय ३३ रुपैया लागतमा २ सय ४० मिटर मिटर सडक कालोपत्रे हुन लागेको हो । सडक निर्माणको जिम्मा विराटनगरको भिमेश्वर कन्ट्रक्सनले पाएको छ । स्थानिय स्तरको विकास र समृद्धिको मेरुदण्डको रुपमा हेरिएको स्थानियतहका जनप्रतिनिधिले जनतालाई प्रत्यक्षरुपमा अनुभुति हुने गरीको कालो चिल्लो सडक निर्माणको कार्यलाई अगाडी बढाएपछि सो क्षेत्रका वडावासी पनि हर्षित भएका छन् ।

गाउँगाउँमा सिहदरबार टोलटोलमा जनप्रतिनिधि आएको लगभग ५ वर्ष वित्नै लागेको छ । यस अवधिमा स्थानियले प्रत्यक्ष रुपमा महसुश गर्ने गरी प्रशस्तै बाटोघाटो, कालोपत्रे सडको पुर्वाधार निर्माण, पुलपुलेसा, खानेपानी, सिचाई, विधुत विस्तारका कामहरु भएतापनि वडा नम्वर- २ मा कालोपत्रे सडक निर्माण हुन सकेको थिएन् तर अहिले २ नम्वर वडामै मात्रै कालोपत्रे सडकका २ वटा ठुला योजना र झोलुङगे पुल निर्माणको योजना अघि बढेको वडाअध्यक्ष राजन कुमार कडेलले बताए ।

जनताले घरअगाडी कालोपत्रे सडक हेर्न चाहेको सपनालाई साकार गर्न नगरपालिका र वडाको पहलमा वल्र्ड बैकको सहयोगमा पुर्वपश्चिम राजमार्गको कृष्णचौक सालबारी देखी सुनझोडा सामुदायिक वन, सिरुझार हुदै निर्माणधिन कालोपत्रे सडकमा जोडिने गरीको २ अर्व लागतको अर्को कालेपत्रे सडक पनि बन्न तयारीमा रहेको छ । सो सडक निर्माणका लागि हाल ५७ करोड बजेट विनियोजन भै सकेको छ ।

अध्यक्ष कडेलले वडा नम्वर-२ मा सडक कालोपत्रेको ठुलो योजनाको रुपमा रहेको कृष्णचौक सालबारी\सुनझोडा सामुदायिक वन(सिरुझार देखी केर्खाली चौक सम्मको कालोपत्रे सडकको योजना अगाडी बढ्ने चरणमा रहेको र सुनझोडा(जनटोललाई जोड्न १ करोड २९ लागतमा झोलुङगे पुल निर्माणको कार्य थालनी गर्ने तयारीमा वडा कार्यलय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!