हिपमत डटकम

आइतबार, फाल्गुण ०१, २०७८ || 566  पटक पढिएको

साताको पहिलो दिन आज सेयर बजार घटेको छ। आइतबार सेयर बजारको परिसूचक १००.६७ अंकले घटेर २७००.८९ पुगेको हो।

दिनभरमा २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ सेयर किनबेच हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ ६४ पैसाको कारोबार भएको छ। कारोबार भएका कुल कम्पनीमध्ये १९० कम्पनीको मूल्य घटेको छ भने कुनै पनि कम्पनीको मूल्य बढेको छैन। एउटा कम्पनीको मूल्य भने स्थिर छ।

त्यस्तै, कारोबारमा आएका १३ उपसमूहहरूमध्ये १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अपर तामाकोशी हाइड्रोपावरको सबै भन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ३२ करोड ८४ लाख ८ हजार ९४४ रुपैयाँ १० पैसाको कारोबार भएको हो।

यसपछि अरुन भ्याली हाइड्रोपावरको २८ करोड ३९ लाख ४५ हजार ८२ रुपैयाँ, निफ्राको २५ करोड ३२ लाख ९२ हजार ४८७ रुपैयाँ ४० पैसा, नेसनल हाइड्रोपावर कम्पनीको २५ करोड २७ लाख ९३ हजार १४६ रुपैयाँ ९० पैसा र अपि पावरको २१ करोड ४७ लाख ५२ हजार ९६६ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!