सन्तोष कुमार बास्तोला

शुक्रबार, माघ २८, २०७८ || 593  पटक पढिएको

बिराटनगर। मोरङको जहदा गाउँपालिका वडा नम्वर ३ ले गाउँपालिका भरिका ४५ जना स्वास्थ्य स्वंयसेविकाहरुलाई साइकल बितरण गरेको छ।

वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर निस्वार्थ भावनाले गाउँपालिकाभरि स्वास्थ्य समस्या परेको बेला लागि पर्ने ४५ जना स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मानका साथ साइकल वितरण गरिएको हो।

साईकल वितरण कार्यक्रम सभापति स्वास्थ्य शाखा प्रमुख बिजेन्द्र यादब ,प्रमुख अतिथि वडा नम्वर -३ का वडाअध्यक्ष अनिल कुमार ठाकुर विशिष्ट अतिथि जसपाका युवा नेता राकेश रोसन यादव अतिथिहरु सीता राजबंशी ,राजकुमार दस, सुखितलाल राजबंशी,मंजु ऋषिदेव,जयनारायण सेट,सन्तोष मण्डल, रामदेव शाह ,गाउँपालिकाभरि सम्पूर्ण युवा क्लबहरुको प्रतिनिधि लगायत समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै ठाकुरले भने स्वास्थ्य क्षेत्रमा निरन्तर घाम पनि नभनि कोरोना महामारीमा पनि आफ्नो ज्यानको प्रभा नगरी पालिका बासीलाई सेवा दिनु हुने भगवान रुपी स्वास्थ्य स्वंयसेविकाहरुलाई यो उपहार दिन पाउदा आफुलाई गर्व महसुस भएको उनले बताए। , स्वास्थ्य स्वंयसेविकाहरुले पटक पटक गाऊ गाउँपालिका गएर आफुहरुलाई आवत जावतका लागि धेरै समस्या भएको गुनासो सुनाए पनि गाऊ गाउँपालिकाबाट कुनै सहयोग नआएपछि ठाकुरले आफ्नो वडाको बजेट बाट कटौती हुनेगरि आफ्नो वडालाई मात्रै नभएर पालिका भरिका ७ वटै वडाका ४५ जना स्वास्थ्य स्वंयसेविकाहरुलाई समेटेर साइकल वितरण गरेको उनले हिपमत डटकमलाई बताए ।

जहदा गाउँपालिकालाई देशकै नमुना पालिका बनाउन आफु लागि परेको र पालिकाको बिकाशका लागि दिन रात नभनी काम गर्दै आइरहेको समेत ठाकुरले बताए। आउदो दिनमा गाउँपालिकामा स्वस्थ्य,शिक्षा ,पूर्वाधार कृषि क्षेत्रमा क्रान्ति गर्ने उनको योजना छ।

साइकल पाएकी एक जना स्वास्थ्य स्वंयसेविकाले भनिन अनिल ठाकुर ज्युले यो वडाका लागि धेरै कम गर्न्नु भएको छ। हाम्रो लागि पनि उहाले धेरै सहयोग गर्नु भएको छ। यस्तो नेता सबैलाई चाहिन्छ उहाले वडाको सेवा गर्नु भयो अब पालिका अध्यक्ष भएर पुरा गाउपालिकाको सेवा उहाले गर्नु पर्छ र आउदो चुनाबमा यस पालिकाको अध्यक्षको रुपमा अनिल ठाकुरलाई जिताउन हामि सबैजना दिलोज्यानले मिहनेत गर्छौ। यस्ता युवा आए पालिका लगायत देशले मुहार फेर्न्ने उनले मुस्कुरौदै भनिन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!