शुक्रबार, फाल्गुण ०९, २०७६ || 961  पटक पढिएको

करिव दर्जन फिल्ममा नायकको भुमिका निर्वाह गरेका अभिनेता राज क्षितित गायकको रुपमा पनि देखिएका छन् । “लाहुरे” बोलको लोकगीत मार्फत उनी गायकको रुपमा देखिएका हुन् । गीतमा राजलाई गायिका ज्योती मगरले साथ दिएकी छन् । बिहिबार बागबजारस्थित हेल्लो क्याफेमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको छ । कार्यक्रममा लोकप्रिय गायक नवराज घोरासैनी, कलाकार उत्तम केसी, चलचित्र निर्देशक मदन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गीतको भिडियो समेत देखाइएको थियो । भिडियोमा गायक राजको अलवा रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनाम लगायतको अभिनय रहेको छ । गायक राजकै शब्द रहेको गीतमा लय नविन रावलको रहेको छ । विदेशमा रहेको श्रीमान् छोडेर अर्काे केटासाग मोजमस्ती गर्ने केटीको कथा बुनेको भिडियाले समाज युवापुस्तामाझ छाएको विकृती र बिसंगतीमा पनि तिखो प्रहार गरेको छ ।

भिडियोमा सागर गौतमको छायााकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । गीतको भिडियो उत्तम वाइवा लामाले निर्देशन गरेका हुन् । कार्यक्रममा गायक नवराज लम्सालले नयाा पुस्ताको आगमले लोकगीतको श्रीबृद्धीमा महत्वपुर्ण भुमिका खेल्ने बताए । गायक तथा अभिनेता राजले आफ्नो सानैदेखिको गायनको प्यास मेटाउन लोक गीत गाएको बताए । उनले यो गीत सुरुवात भएको बताउदै आगामी दिन यो भन्दा पनि राम्रा गीत संगीत दिने बाचा गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!