काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा आगो ताप्दा, हिटर बाल्दा तथा गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जाडोमा शरीर तथा कोठा न्यानो बनाउने क्रममा आवश्यक सतर्कता नअपनाउँदा आगलागी, दम घुट्ने तथा अन्य अप्रिय घटनाहरू हुने गरेको भन्दै सचेत रहन अनुरोध गरेको हो।

केन्द्रका अनुसार हिटर, मकल वा गिजरको अनुचित प्रयोग स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। त्यसैले हावा ओहोरदोहोर हुने खुला वा राम्रोसँग भेन्टिलेसन भएको कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा गिजर प्रयोग गर्न सुझाव दिइएको छ। कोइलाजन्य इन्धनबाट सकेसम्म आगो नताप्न पनि केन्द्रले अनुरोध गरेको छ।

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने सामग्री नजिक नराख्न र प्रयोगपछि आगो पूर्ण रूपमा निभाउन केन्द्रले आग्रह गरेको छ। त्यस्तै, हिटर प्रयोग गर्दा बीच–बीचमा बन्द गर्ने, सुत्नुअघि अनिवार्य रूपमा निभाउने तथा गिजरको मुख्य मेसिन बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न सुझाव दिइएको छ।

गिजर प्रयोग गर्दा लामो समयसम्म बाथरुमभित्र नबस्न पनि केन्द्रले सचेत गराएको छ। जाडोयाममा न्यानो हुने उपाय अपनाउँदा सानो लापरबाहीले पनि गम्भीर दुर्घटना निम्त्याउन सक्ने भएकाले सबैलाई सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!