शुक्रबार, फाल्गुण ०९, २०७६ || 871  पटक पढिएको

तराई÷मधेसमा दाईजो तथा तिलक लेनदेन गरेर विवाह गर्ने जातिमध्ये सोनार पनि एक हो । सामान्य काराबार हुने सोनारका छोराको बिहेमा ५÷७ लाख तिलक लिनुु प्रायः सामान्य मानिन्छ ।तर सोही जातिका एकजना एमबीबीएस डाक्टरले बिनादाईजो बिहे गरेर उदाहरणीय काम गरेका छन् ।

रौतहटको पुर्वी भेग दुुर्गाभगवती गाउँपालिका घर भई हाल शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा कार्यरत डा. राकेश स्वर्णकारले बिनादाईजो बिहे गरेर सिङ्गो समाजमा उदाहरणीय बनेका छन् ।

मालपोत कार्यालय मौलापुरका प्रमुख रहेका बबुुनन्दन साहका छोरा राकेश र गौर नगरपालिका निवासी स्वर्गीय लालबहादुर साह सोनारको छोरी आरती कुमारी साहका बीच बिहीबार राति रामजानकी मन्दिरमा आदर्श विवाह भएको हो ।

विवाहमा बेहुला बेहुलीका परिवारका साथै नेपाल सोनार समाजका अध्यक्ष डा. महादेव साहलगायत समाजका केन्द्रीय तथा जिल्लास्तरीय प्रतिनिधिहरु सहभागी थिए ।

सोनार जातिमा ब्यापत सामाजिक कुरीति हटाउन पहल गर्दै डाक्टर राकेश र आरतीको विवाह ‘दहेज’ विना नै गराउन समाजले महत्वपूर्ण भूमिका खेलेको सोनार समाजका केन्द्रीय सचिव रामजी साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!