हिपमत डटकम

मंगलबार, माघ २५, २०७८ || 437  पटक पढिएको

पोखरा । देशमा एम सी सी को पक्ष र विपक्षमा चर्काचर्की चलिरहेको बेला पोखराबाट एम सी सी विरुद्धको गीत सार्वजनिक भएको छ ।

सङ्गम सांस्कृतिक मञ्चको प्रस्तुतिमा बनेको ‘से नो एमसिसी…’ बोलको गीतको रचना स्ट्रगल रानाले गरेका हुन् ।

सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँलेको सङ्गीत रहेको गीतमा सचिव विकास लुङ्गेलीको स्वर रहेको छ । लुङ्गेलीलाई प्रतीक्षा सुनारले गायनमा साथ दिएकी छन् ।

एम सी सी आएमा नेपालको आकाशमा साम्राज्यको बादल छाउने भन्दै नेपाली छातीमा अमेरिकी सेनाले परेड खेल्ने अवसर बन्ने भएकाले कुनै पनि हालतमा एम सी सी पास गर्न नहुने भाव गीतमा प्रस्तुत गरिएको छ । नेताहरूले मातृभूमि बन्धक राखेर भुँडी भर्न खोजेको भन्दै एम सी सी को पक्षमा भएका नेताहरूलाई खबरदारी पनि गरिएको छ ।

प्रत्यक्ष गायनको भिडियो निर्माण गरी सम्मोहन टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले अधिकांश नेपालीको भावना समेट्ने सङ्गम सांस्कृतिक मञ्चको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!