बीरेन्द्रकुमार साह

आइतबार, माघ १६, २०७८ || 839  पटक पढिएको

सुनवर्षि। मोरङको सुनवर्षि नगरपालिका वडा न -६ ले वडाका दलित, एकल महिला ,बृद्ध तथा गरिबहरुलाई न्यानो कपडा बितरण गरेको छ ।
सुनवर्षि नगरपालिका वडा न -६ ले आज एक कार्यक्रम गरि १९५ जनालाई न्यानो कपडा बितरण गरेको छ ।

जाडो धेरै बढेपछि हामीले ” हाम्रो वडामा जम्मा २८५ जनालाई न्यानो कपडा बितरण गर्ने योजना बनाएका छौ अहिलेसम्म १९५ जनालाई गर्यौ र अझ बांकि ब्यक्तिहरुलाई छनोट गरेर कपडा बितरण गर्छौ सुनवर्षि नगरपालिका वडा न -६ का वडाअध्यक्ष तेजनारायण ताजपुरियाले बताए ।

न्यानो कपडा बितरण कार्यक्रममा सुनवर्षि नगरपालिकाका मेयर कालिप्रसद दास उपमेयर मन्जु राई लगायतको सहभागीता रहेको थियो ।
न्यानो कपडा बितरण गर्दै सुनवर्षि नगरपालिकाका मेयर कालिप्रसाद दासले भने हामि सुनवर्षि नगरपालिकाको ९ वटै वडामा न्यानो कपडाहरु बितरण गर्छौ । हाम्रो नगरपालिकाको सबै आवश्यक ब्यक्तिहरुलाई सकेसम्म न्यानो बनाउने प्रयास गर्छौ मेयर दासले बताए।

न्यानो कपडा वितरण गर्ने क्रममा उपमेयर राईले यस्तो चिसो मौसममा आमाबुवाहरुलाई न्यानो कपडा वितरण गर्न पाउदा आफु खुशी भएको बताए। आगामी दिनहरुमा आमाबुवाहरुकोलागी अझ राम्रो राम्रो कार्यक्रमहरु ल्याउने उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!