सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट ७२ बर्षीय मोतिलाल यादवको को मृत्यु भएको छ । हिजो अपरान्ह पउने ३ बजे को १२ प ३५८९ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही स्थान बस्ने यादबलाइ ठक्कर दिदा गम्भिर घाईते भई गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारको क्रममा उनको बेलुका सँवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मोटरसाईकल चालक सप्तरी रूपनी बस्ने ३५वर्षीय विकाश पोख्रेल समेत घाईते भएकोमा उनको जिल्ला अस्पताल ईनरूवामा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ।