रबिन्द्र बराल

बिहिबार, माघ १३, २०७८ || 871  पटक पढिएको

रंगेली। मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा खाल्डो खनेर पुरिएकामध्ये एउटा शवको पहिचान भएको छ ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईका अनुसार आज उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका-३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको र उनी भक्तपुरमा बस्दै आएको प्रहरी ले बताएका छन ।

प्रहरीले उनको शवबाट नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ। उनीसँग फेला परेको कागजातका आधारमा उनको परिवारसँग सम्पर्क गर्दा ३०-४० दिन देखि उनी सम्पर्कमा नभएको बताइएको छ। उनको परिवारलाई बोलाइएको प्रहरीले बताए ।

बुधवार उत्खनन गरिएको अन्दाजी ३०/३५ वर्षका पुरुषको शव भने पहिचान हुन सकेको छैन । बुधवार निकालिएको शवको हात डोरीले बाँधिएको र घाँटीमा पनि डोरीको डाम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!