नयाँ दिल्ली – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत ७५औं जन्मदिनको शुभकामना दिएका छन्। मंगलबार राति गरिएको सो फोनवार्ताबारे ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा जानकारी दिँदै मोदीसँगको कुराकानीलाई “राम्रो संवाद” भनेका छन्।

ट्रम्पले प्रधानमन्त्री मोदीको नेतृत्वको प्रशंसा गर्दै युक्रेन–रुस युद्ध समाधानमा भारतको प्रयासको धन्यवाद दिएका थिए। जवाफमा मोदीले एक्समार्फत ट्रम्पको शुभकामनाका लागि आभार व्यक्त गर्दै भारत–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता दोहोर्याएका छन्।

हालै अमेरिकाले भारतमाथि ५०% सम्मको ट्यारिफ (कर) लगाएको थियो, जसपछिको यो पहिलो उच्चस्तरीय संवाद हो। ट्यारिफ विवादका बीच, दुबै देशबीच ७ घण्टासम्म व्यापार वार्ता पनि सम्पन्न भएको छ।

वार्तामा अमेरिकी प्रतिनिधि ब्रेन्डन लिन्च र भारतीय पक्षबाट राजेश अग्रवाल सहभागी थिए। दुवै पक्षले वार्तालाई “सकारात्मक” भनेका छन् र अर्को बैठकको तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!