हिपमत डटकम

मंगलबार, माघ ११, २०७८ || 715  पटक पढिएको

मंगलबार पनि सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ पुगेको हो।

दिनभरमा २२९ कम्पनीको ९७ लाख ८४ हजार २७७ सेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको कारोबार भएको छ।

त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १०२ कम्पनीको मूल्य घटेको छ भने जम्मा ६९ कम्पनीको मूल्य बढेको छ। बाँकी १९ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्सको मात्रै सूचक सकारात्मक देखिएको छ। बाँकी १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

आज विन नेपाल लगुवित्तीय कम्पनीको सेयर १० प्रतिशत बढेको छ। अघिल्लो दिन सेयर बजार झन्डै १०० अंकले घट्दा समेत यसको सेयर भने १० प्रतिशतले नै बढेको थियो। विन नेपाल लगुवित्तीय कम्पनीपछि आज बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनीको मूल्य ९ं.९८ प्रतिशत र पोखरा फाइन्यान्सको मूल्य ८.२५ प्रतिशतले बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार मंगलबार एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २६ करोड ९४ लाख ५१ हजार ४१७ रुपैयाँ ७० पैसाको कारोबार भएको हो।

यसपछि अपी पावर कम्पनीको २२ करोड ८२ लाख ५५ हजार ६१७ रुपैयाँ ९० पैसा, एनआइसी बैंकको १९ करोड ६८ लाख ७४ हजार १८४ रुपैयाँ १० पैसा, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड २२ लाख ३४ हजार ९१५ रुपैयाँ ४० पैसा र नेसनल हाइड्रोपावर कम्पनीको १२ करोड ७६ लाख ९१ हजार ५५२ रुपैयाँ ९० पैसाको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!