महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेक माेरङ ले निःशुल्क स्वास्थ्य शिविर काे आयाेजना गरेको छ । उक्त सिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन । साे शिविर का प्रमुख अतिथि प्रितना उपरथि अनन्त बहादुर कार्की ,२ नम्बर अड्डाका बाहिनी पति एन बहादुर ढकाल , सुर्य दल गण थहला का प्रमुख सेनानी रधुनाथ पाैडेल, धनपालथान गाउँ पालिका का अध्यक्ष हरिलाल सिंह , ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दहाल वडा अध्यक्ष लगायतको उपस्थिति समेत रहेको थियो । सिविरमा स्त्रीरोग ,नाक कान घाँटी,बाल राेग हाडजोर्नी तथा जनरल मेडिकल, उपचारलगायतकाेे सेवा प्रदान गरिएको थियो । उक्त शिविरमा काेशि अञ्चल अस्पताल बिराटनगर ,लायन्स क्लव ,न्युरो अस्पताल बिराट अाँखा अस्पताल लागायत १४ बटा अस्पताल हरुकाे सहयोगमा स्वास्थ्य शिविर गरिएको थियोे । सिविरमा बिरामिलाई निःशुल्क औषधि समेत वितरण समेत गरेका थिए । धनपालथान गाउँ पालिका बडा नम्बर ३ मा रहेको शिव शक्ति माध्यमिक बिधालय मा स्वास्थ्य शिविर काे अायाेजना गरिएको थियो । शिविर संगै बिपत ब्यवस्थापन गण सुन्दरी जल बाट अाएकाे टाेलिले गाउँ घरका सबै घरहरू मा ग्यास चुलाे भएता पनि त त्यसबाट कुनै समयमा ठूलो अप्रिय घटना हुने भएको हुनाले यश बाट कसरी बच्ने भन्ने बारेमा समेत प्रयाक्टिकल समेत गरेर देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!