रबिन्द्र बराल

शुक्रबार, माघ ०७, २०७८ || 475  पटक पढिएको

रंगेलीमा श्रद्धाञ्जली सभा तथा सहिद परिवारलाई सम्मान गर्दे कार्यक्रम गरेको छ।

 

सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद भन्ने मुल नाराका साथ जनता समाजवादी पार्टी नेपाल ले शहिद श्रद्धाञ्जली गरेकाे हाे । २०७२साल माघ ७ गते मधेश आन्दाेलनका क्रममा ज्यानकाे आहुति दिएका सहिदहरुकाे सम्झनामा प्रत्येक बर्ष सहिद परिवरका सदस्यहरुलाई सम्मान तथा मृतकहरुलाई श्रद्धाञ्जली दिएर छाैठाै सहिद दिवस मनाएका छन।

उनीहरुले रंगेलीकाे मुख्य बजारमा रहेको कालिमंन्दिर प्राङ्गणमा सहिद दिवस मनाएका हुन् । साे कार्यक्रममाकाे प्रमुख अतिथि राज कुमार यादव, बिषिष्ट अतिथि रामनन्द मंण्डल, अतीथी मृत्युजय झा , शिशुपाल यादव , पवन साेनी, भुपेन्द्र मंण्डल, रुपेश मंण्डल लगायत काे उपस्थिति समेत रहेको थियोे । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अतिथिहरुले भने आफूहरु अहिलेको संविधानमा प्राप्त अधिकारलाई संरक्षण गर्दै अपुरो रहेको हक अधिकारको लागि सधैं लडिरहने बताए ।

 

सो अवसरमा मधेश आन्दोलनका क्रममा सहिद भएका द्रोपतिदेवी चौधरी, शिवु माझी र महादेव ऋषिदेव गरी तीनजना सहिद परिवारलाई सम्मान गर्नुका साथै मृतकका परिवारलाई न्यानाे कपडा समेत बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!