हिपमत डटकम

बिहिबार, माघ ०६, २०७८ || 726  पटक पढिएको

पोखरा। फेवातालमा आज विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् । ती पुरूष बेलायतको नागरिक रहेको साथमा भेटिएको झोलामा रहेको पासपोर्टबाट थाहा भएको कास्की प्रहरीले जनाएको छ ।

डिएसपी सुन्दर तिवारीका अनुसार पासपोर्टमा नाम मार्क सुट र उमेर ४६ वर्ष उल्लेख छ । उनी २०१९ मै नेपाल आएको थाहा भएपनि अन्य जानकारी नखुलेको तिवारीले जनाए ।

पोखरा २२ अँधेरीखोला नजिकै पूर्वी फेवातालमा तैरिरहेको अवस्थामा मार्क भेटिएका थिए । दिउँसो साढे १२ बजेतिर डुंगा चालक रामचन्द्र परियारले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । शव सड्न लागेको अवस्थामा थियो ।

प्रहरी प्रवक्ता तिवारीका अनुसार शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शरीरमा बाहिरी चोटपटक नरहेको र पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने डिएसपी तिवारीले जनाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!