धनपालथान। धनपालथान गाँउपालिकाका उपाध्यक्ष नसिमा बानुले न्यायिक समिति सफल हुनुमा गाँउपालिकाका सबै वडा अध्यक्ष र मेलमिपकर्ताहरुको अहम भुमिका रहेको बताउनुभएको छ । न्यायिक समिति संचालन र कार्यन्वयनमा मुख्य भुमिका निर्वाह गर्ने मेलमिलापकर्ताहरुको अहम सहयोगले मात्र समिति सफल भएको बताउनुभयो ।

धनपालथान गाँउपालिकाद्वारा आयोजित न्यायिक समिति तथा मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिमको समापन सत्रमा बोल्नुहुँदै उपाध्यक्ष बानुले भन्नुभयो , न्यायिक समिति मात्र भएर काम हुँदैन , ७ वटै वडाको सबै मुद्दाहरु एकलै हेर्न कठिन भएको अवस्थामा वडा अध्यक्षकहरुले चालेको कदम प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

एडभोकेयर ल फर्मका अधिवक्ता विमल गौतम , प्रशिक्षकको रुपमा सञ्चालित स्थानिय सरकार न्यायिक समिति तथा मेल मिलापकर्ताहरुका लागि कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको हो ।

तालिममा विवाद समाधानका लागि आवश्यक पर्ने सिपहरु, मेलमिलाप स्थापनाका लागि विभिन्न चरणहरु, मेलमिलापका लागि आवश्यक सिपहरु, सहमति, मेलमिलापकर्तामा हुनुपर्ने आवश्यक सिप, आचारसंहिताको पालना र सामाजिक न्यायका विभिन्न पक्षहरुमा सैद्धाान्तिक र प्रयोगात्मक अभ्यास सञ्चालन गरिएको तालिमका प्रशिक्षक विमल गौतमले बताउनुभयो ।

यस्तै तालिमको समापन सत्रमा धनपालथान गाँउपालिकाका वडा नं ५ का वडा अध्यक्ष गयानन्द सरदारले भन्नुभयो मेलमिलापको माध्यमबाट विवादका दुवै पक्षले जितेको अनुभूति गर्ने भएकोले विवाद सदाको लागि अन्त हुने र दिगो शान्ति स्थापना हुने बताउनु भयो ।

यता प्रशिक्षार्थि तथा मेलमिलाप कर्ताले भन्नुभयो यस किसिमको तामलिमले निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।, समापनका अवसरमा प्रशिक्षकहरु र कार्यक्रम संयोजकलाई गाँउपालिका उपाध्यक्ष बानुले धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!