रबिन्द्र बराल

शनिबार, माघ ०१, २०७८ || 584  पटक पढिएको

रंगेली । नेपाल सरकारले करोडौको वजेट बिनियाेजन गरेर कटान नियन्त्रणका लागी खोलाहरुमा तारजाली सहितको तटवन्ध निमार्ण गरेको छ । खोलामा आउने वाढीवाट गाउँ बस्ती जोगाउन तथा जग्गा कटान रोक्न सरकारले तारजाली ढुंगा सहितको तटवन्ध निमार्ण
गरिरहेकाे छ ।

पछिल्लो समयमा मोरङ जिल्लाकाे वक्राहा, चिसांग , लोहन्द्रा , केशलिया, सिंगिया लगायत दजैनौ खोलामा ठुलो वजेटमा तटवन्ध निमार्ण भएका छन् । सरकारले तटवन्धमा गरेको लगानी गाउँ जोगाउन र खेतियोग्य जमिन वचाउन हो । स्थानियपालिकाले तथा नेपाल सरकाको सम्वन्धित कार्यालयले निमार्ण गरेको त्यस्ता उपयोगी तटवन्धको सुरक्षा नहुदा तटवन्धमा प्रयोग भएका तारजाली तोडेर काटेर विक्रिगर्ने क्रम अहिले दिनप्रतिदिन बढिरहेको छ । कानोपोखरी, वेलवारी मिक्लाजुङ, लेटाङ, दर्वेशा, रंगेली लगायतका ठाउँ हरुका खोलामा केहि मानिसले थाेरै पैसाका लागी खोलामा लगाएको तारजाली तोडेर कवाडीलाई विक्रीबितरण गर्ने गरेको खुलासा भएको छ ।

भारतवाट आएका कवाडीहरुलाई ३० रुपैया किलोमा त्यस्ता तराजाली खरिदगर्ने गरेको पाइएको छ । साइकलमा आउने कवाडी हरुले प्रायजसो उत्तरी मोरङ क्षेत्रवाट वढिमात्रामा् खरिद गरेर ल्याउने र रातीको समयमा रंगेली नाका भएर भारततर्फ लैजाने गरेका छन । इलाका प्रहरी कार्यालय रंगेलीले तारजाली र साइकल सहित पहिलोपटक दुई जना लाई नियन्त्रणमा लिएर सजक गराएर छाडेको थियोे । पुनः प्रहरी तीन जना काे साईकल समेत नियन्त्रणमा राखेको छ ।

साइकलमा तारजाली हालेर भारत लैजाने क्रममा उनिहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक अनमोल खडकाले बताए । २४ घन्टा सुरक्षामा खटिएपनि खोलाको तटवन्धमा प्रयोगहुने तारजालीको चोरी निकासी नियन्त्रणमाभने प्रहरीको ध्यान जान सकेको छैन । तटवन्धमा प्रयोग भएका तारजाली चोरिगर्दै यसरीनै विक्रि गर्दै जाने हो भने वर्षायाममा आउने वाढिले भोलीका दिनमा ठुलो खतरा निमत्याउन न सक्ला भन्न सकिन्न ।

समयमै सबै सराेकार बाला हरु सजक रहनु जरुरी देखिन्छ । ३० रुपैया केजीमा विक्रि गरेको तारजालीका कारण भोली खोलाले आफ्नै गाउँ घरमा खाेला कटान गरेर गाउँ तथा खेती योग्य जमिनमा समेत करोडौको क्षति हुन सक्ने भएकाले त्यस्ता उपयोगी सम्पत्ति जोगाउन सवैको ध्यान जानु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!