पर्शुराम निरौला

शुक्रबार, पौष ३०, २०७८ || 606  पटक पढिएको

लेटाङ। नेपाल बिजुलि , पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) लेटाङ नगर कमिटिको पाँचौ अधिबेशन सम्पन्न भएको छ ।
क्युपेक नेपालको सरोकार , सुरक्षित कार्यस्थल तथा मर्यादित रोजगार भन्ने नारा लिएर मजदुरका हितमा काम गरिरहेको उक्त संस्थाको बार्षिक प्रगती तथा आर्थिक प्रतिबेदन कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी तथा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले मजदुरको हकहितका लागि आफुले बजेट बनाएरै कार्यक्रम ल्याएको बताउनुभयो ।

राईले यो बर्ष २० जना मजदुरको निशुल्क स्वास्थ्य बिमा गर्ने समेत बताउनुभयो । उहाले मजदुरका हकहितमा आफू जानकार रहेको बताउदै समस्या समधानका लागि आफ्नो तर्फबाट आवाज उठाईरहेको समेत बताउनुभयो ।

कार्यक्रमकी बिशिस्ट अतिथि नगरउप्रमुख कृष्ण कुमारी निरौलाले मजदुरहरुलाई कामको आधारमा विभेद गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!