हिपमत डटकम

मंगलबार, पौष २७, २०७८ || 431  पटक पढिएको

विराटनगर । पौष २७, भारत बाट जोगबनी नाका हुँदै नेपाल आउने २० प्रतिशत मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।

विभिन्न कार्य प्रयोजनको लागि भारत बाट नेपाल आउने तथा भारत बाट लामो समय बसोबास गरी नेपाल आउने मानिसहरूको कोरोना जाच ( एन्टीजेन परीक्षण ) गर्दा २० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भएको नेपाल भारत सीमा रानी भन्सार कार्यालयमा अवस्थित रानी हेल्थ डेस्कले पुष्टि गरेको छ ।

अाज भारत बाट नेपाल आउने मानिसहरूलाई रानी हेल्थ डेस्कको चिकित्सक टोलीले एन्टीजेनको माध्यम बाट १ सय १४ जनाकाे कोरोनाको जाच गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जस्मा ४ जना नेपाली नागरिक थिए भने १७ जना भारतिय नागरिक रहेको हेल्थ डेस्कको चिकित्सक सुरेन्द्र यादवले बताए । एन्टीजेन रिपोर्ट पोजेटिभ आएको नेपालीहरुलाई होम आईसोलेसनमा बस्नु भनी पठाईएको थियो भने भारतिय नागरिकहरुलाई भारत तर्फ नै पठाईएको थियो ।

एन्टीजेन परिक्षण भएर संक्रमण पुष्टी भएको मानिसहरुमा कोरोना भाईरसको कुन भेरिएन्ट हो भनी यकिन गर्न रानी हेल्थ डेस्कले स्वाब प्रादेशिक प्रयोगशाला पठाउने गरेकाे यादव ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!