हिपमत डटकम

मंगलबार, पौष २७, २०७८ || 599  पटक पढिएको

विराटनगर। राष्ट्रिय शक्ति नेपाल मोरङ जिल्ला समितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तीनसय औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विराटनगरस्थित राष्ट्रिय शक्ति नेपाल मोरङ जिल्ला समितिको कार्यालयमा राष्ट्रनिर्माता शाहको तीनसय औं जन्मजयन्ती मंगलबार विविध कार्यक्रम गरेर मनाएको हो । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडेको छ । राष्ट्रनिर्माताको योगदानलाई सरकारले बेवास्ता गरेकाले राष्ट्रिय शक्ति नेपालले हरेक वर्ष कार्यक्रम गर्ने गरेको राष्ट्र शक्ति नेपाल मोरङका अध्यक्ष केशव रिजालले बताए ।

“सरकारले पृथ्वीजयन्तीलाई बेवास्ता गर्ने गरेको छ,” उनले भने, “राज्यस्तरबाटै पृथ्वीजयन्ती भव्य रुपमा मनाउनुपर्ने हो तर सरकारले बेवास्ता गरेको छ ।” टुक्रे राज्यहरुलाई एकत्रित गरी सिंगो नेपाल निर्माणमा पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको उनले बताए । “पृथ्वीनारायण शाहको योगदानलाई भुल्नु भनेको नेपाललाई भुल्नु हो,” रिजालले भने । कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलले राष्ट्रिय एकता कमजोर हुँदै गएको बताए । उनले राष्ट्रिय एकताका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

राजनैतिक अस्थिरताले मुलुकको विकास हुन नसकेको उनको कथन थियो । कार्यक्रममा नेपाल विद्वत परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, उपाध्यक्ष बल्लभप्रसाद दाहाल, बुद्धिजीवी दीपबहादुर खापुङ, कृष्णप्रसाद दाहाललगायतले राष्ट्रिय एकताका लागि जोड दिएका थिए । राष्ट्रिय शक्ति नेपालले काठमाडौं, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीका अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!