राजन पोखरेल

शुक्रबार, पौष २३, २०७८ || 787  पटक पढिएको

विराटनगर । नोबेल मेडिकल कलेजका सञ्चालक काङ्ग्रेस भएकै कारण नबचाउने नेपाल विधार्थी संघ मोरङले बताएको छ ।

शुक्रबार कञ्चनबारीमा कोणसभा गर्दै नेपाल विधार्थी संघ मोरङको तर्फबाट प्रतिनिधि रुपमा गएका जशवन्त पौडेलले मेडिकल सञ्चालक काङ्ग्रेसका व्यक्ती होलान तर नेवी संघ मोरङ विधार्थीको पक्षमा बोल्ने बताएका हुन ।

शिक्षण शुल्कको नाममा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको भन्दै नोबेल मेडिकल कलेजमा अध्ययन गर्ने विधार्थीहरु आन्दोलित रहेका छन ।

विधार्थीहरुको आन्दोलनलाई समर्थन गर्दै नेवी संघले नोबेल मेडिकल कलेज काङ्ग्रेस नेताको भएकै कारण नबचाउने बताएको हो ।

नोबेल मेडिकल कलेज गुण्डा शैलीमा आएर विधार्थीको आन्दोलनलाई विथोल्न खोज्छ भने त्यसको पनि प्रतिकार गर्न नेवी संघ तयार रहेको पौडेलले बताएका थिए ।

यता नोबेल मेडिकल कलेजले भने विधार्थीहरुबाट कुनै अतिरिक्त रकम नलिएको बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!