बुधबार, फाल्गुण ०७, २०७६ || 606  पटक पढिएको

निर्मल श्रेष्ठ ,अमेरिका

विप्लब जी, आफ्नो राजनीतिक मुद्धा तत्काल रोक्नुहोस् । यस अघि नै तपाँईको जस्तो राजनीतिक गतीविधीवाट जनता धेरै आजीत भैसके । निर्दोष कमजोर जनतालाई मुर्ख नवनाउनुहोस् अब । बैज्ञानीक समाजाद भन्दै कम्न्युजमको नाममा, सबैलाई समान अधिकार दिने नाममा नेपाली जनता विच आपसमा न लडाउनुहोस् । नेपालको हकमा तपाँईले बुझेको राजनीतिक एजेण्डा पुरानो भै सक्यो म्याद सकीएको औसधी जस्तो । कम्युनिस्ट होईनौं भनी सफाई दिईरहेको कम्युनिस्ट सरकारलाई हेर त विप्लव, एक झलक । आज सरकार वाला पुर्व कम्युनिस्ट एमाले र माओवादीहरु सामन्तीवाद र दलाल पुँजीपती वर्गको अन्त गर्ने भन्दै गर्दा प्रजातान्त्रीक संसदीय ब्यावस्थामा समाहित हुन पुगेका छन् । आफुमात्र ठिक अरु सबै वेठीक कहिल्यै नभन्नु । जोसंग १० रुपैया छ उसले १० रुपैया पुँजीवाट ब्यापार गर्नु पर्छ । बराबरको नाममा १० जनालाई १,१ रुपैया वाँडेर ब्यापार चल्दैन । तपाँई संग भएको १० रुपैया १० जनालाई १,१ रुपैयाको दरले बाँड्दा समान हुन्छ तर त्यो १ रुपैयाले कसैलाई पुग्नेवाला छैन । र, त्यो अपुग रुपैया लगानी गरेको ब्यापार पनि घाटा हुन्छ । जानीबुझी यो घाटाको सिदान्त तपाँईले लिनु भएको छ । यसरी साम्यवादको ब्ल्याकहोलमा जनतालाई नहाल्नु होस् । यो त उक्काईसौ शताब्दी हो । आज सबै प्रतिस्प्रर्धाको माध्यमवाट सक्षम बन्न तँछाडमँछाड गरीरहेका छन् । प्रतिस्पर्धा गर्न नसक्नेलाई संरक्षण गर्ने छुट्टै ब्याबस्थाहरु छन् । जस्को कमाई १० रुपैयाको छ उसलाई १० रुपैयाको ब्यापार गर्न दिनुहोस् र उसले त्यसलाई २० रुपैया बनाउने हो, २० रुपैयालाई ४० रुपैया बनाउने हो । कतैवाट घाटा हुँदैन । यदी चित्त बुझेन भनेर ४० रुपैया कमाउने ब्यक्तीले समान हैसीयतमा सबैलाई बाड्छु भन्दा पनि १,१ रुपैयाँ पाउने ठाँउमा ४०,४० रुपैया बाँडीन्छ । साथै, ब्यक्तीगत सम्पतीको कुनै स्थान हुँदैन भन्ने जो कम्यूनिष्ठ धारण छ, त्यो असान्दर्भीक मात्र होईन, अन्यायपुर्ण छ । ब्यक्तीगत सम्पती हुन्छ र हुनु पनि पर्छ । स्वतन्त्रता हस्तक्षेपकारी हुँदैहुँदैन । स्वतन्त्रता र मानव अधिकारको दृष्टिमा निजी सम्पती सक्नेले आर्जन गर्न पाउनु स्वभाविक हो । राजस्व तिर्ने ब्यावस्था जहाँपनि हुन्छ÷हुनु पर्दछ । राज्यले नीजि सम्पतीलाई अधिकरण गर्ने कम्युनिज्म सोच नै परिमार्जीत भईसक्यो अब, अझै यस्तो सोच पाल्नु र यस्तै विचारको लागी युद्ध गर्नु भनेको दुसीत मानसीकताहरुको उपज हो । नेतृत्वहरुको यस्ताखाले दुसीत सोच नै देश र जनताको लागी समस्या हो । विप्लव जी, युद्ध जारी राख्नुहोस् तर विकाश र समृद्धीको । खाली गोजिवाट न कुनै समाजवाद आउँछ न त कुनै साम्यवादै । अपराधिक र असफल राजनीतिक प्रयास गरी देशमा विद्रोह जन्माएर, गाँउघर रित्तो बनाएर, जमीन सबै बाँझो राखेर, उत्पादन सबै शुन्य गराएर कहाँवाट बैज्ञानीक समाजवाद आउला र? जनतालाई कति भ्रममा पार्नु अझै । यसो नगरौंहोला विप्लव जी । कम्युनिज्मको परिकल्पना गरेर विना प्रतिस्पर्धाको समाजले हामीलाई कीमार्थ उत्कृष्ठता दिँदैन । स्थीर अवस्थामा उत्कृष्ठता मील्दैन, प्रतिस्पर्धावाटै प्रगती हुन्छ । र, प्रगती नै विकाशको निकाश हो । जनतालाई बन्दुकको सट्टा कलम र सीपमुलक काम गर्ने औजार बोकाउनुहोस् । आफ्नो पार्टीको अनुत्पादक एजेण्डा भन्दा विउ, मल र धानको भारी बोकाउनुहोस् । कार्यकर्तालाई चन्दाको ठेली होईन, ब्यापार र कृषी क्रान्तीलाई सपोर्ट पुग्ने ज्ञानगुनका पुस्तकका ठेलीहरु दिनुहोस् । मानव मस्तिस्कवाट हटीसकेको र असफल भैसकेको सैदान्तीक पाठ नघोकाउनुहोस् । देशलाई तहसनहस बनाएर राष्ट्रिय स्वाभीमान बड्ने होईन । देशलाई समृद्ध बनाएर बड्ने हो । नेपालको राजनीतिक ब्यावहारीक पक्ष निकै जटील छ । चिन र भारतले नाका बन्द गर्यो भने नेपाली जनतालाई बाच्न गाह्हो पर्छ । विगतको अनुभव ताजैछ, ठुलो मालगाडी बाटोमा देख्दा बाच्ने आश लाग्थ्यो । ग्यास आयो होला, राहत आयो होला, पेट्रोल आयो होला आदी भनेर । देश र जनतासंग ठट्टा गर्न सकीँदैन÷मिल्दैन । नेपाल विभिन्न जातजाती, भाषाभाषी, र धर्म संस्कृतिले सुसज्जीत देश हो । सबैलाई आ–आफ्नो पहिचान प्यारो लाग्छ । यस्तो स्थीतीमा निश्चयनै सबैलाई एउटै घानमा हालेर राजनीतिक ब्यावस्थाको निर्माण गर्छु भन्नु मुर्खता सिवाय अरु केहि हुन्न । त्यसैले राजनीतिक परिवर्तनको लागी लड्ने नै हो भने प्रजातान्त्रीक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै समृद्धीको लागी युद्ध लडौं । बन्दुकले होईन, जनताको भिडले परिवर्तन गर्ने हो । यसरी विश्व राजनीतिमा धेरै परिवर्तनहरु भए, भोली पनि हुदै जानेछन् । नेपालको राजनीतिक परिवर्तनहरु जनता द्धवारा जनताले नै गरेका छन् र गर्छन पनि । नेतृत्व÷नेता गत्तीलो नभएकै हो । आज नेपाली जनताको वाध्यता अस्वभाविक पीँडामा छ । खाडीको तातो घाममा जीँउदै पोलीनु परेको छ । परिवारसंग विछोडीनु परेको छ । भ्रस्टहरुले देश कँगाल बनाई सकेका छन् । बेरोजगार, बेथिती, अनीयमीतता र अब्यवस्थीत राजनीतिक प्रणालीको कारण भोग्नु जति भोगी सके हौ नेपाली जनताले । नेता चाँही चिल्ला गाडीमा, एयरकण्डीशन घरमा, फाइफइस्टार स्टेन्डर्डमा छन् । जनतालाई सपना बाँडेर आफ्नैमात्र सपना पुरा गर्ने नेताहरुलाई धिक्कार छ । जुन जोगी आएपनि कानै चिरेको झै छ । त्यसैले नेपाल आमाको छातीलाई कति पीँडा दिनु । अझै कति जनतालाई मराउनु बन्दुक बोकाउनु । ताजै छ १७००० जनता सहादत भएको घट्ना । हिजो पनि, आज पनि कति दोहर्याउनु यस्तो कामै नलाग्ने राजनीतिक तौरतरीका । अब त एउटा सहि प्रजातान्त्रीक धारवाट राजनीतिलाई कम्युनिस्ट होईनौं भनी सफाई दिईरहेको बुझ्नु नी विप्लब जीले पनि भन्ने कुरा हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!