हिपमत डटकम

बुधबार, पौष १४, २०७८ || 439  पटक पढिएको

काठमाडौं। गरीबलाई नै बरोबर समस्याको पहाडले किन थिचिरहन्छ? गरीबको जीवनमा सुखको बिहानी कहिले आउँछ? यस्तैयस्तै प्रश्नहरूले विक्षिप्त बनेकी अनिता तामाङ उपचार गर्ने पैसाको अभावमा बेचैन छिन्।

धान बोक्दा खुट्टामा छेस्कोले घोचेको निउँ । बिस्तारै पाक्न थाल्यो । नुवाकोट ककनी—५ कि अनिताको ११ चोटि खुट्टाको अपरेशन भयो । तर विडम्बनाको कुरा उपचारका क्रममा अनिताको खुट्टाको चारवटा औँला गुमाउनु परेको छ। सुषमा कोईराला मेमोरियल हस्पिटलसाँखुमा उपचाररत अनिताको उपचारको क्रममा ७ लाख बढिखर्च भएको छ। अनिताले ऋणपान गरेर आधा रकम तिरिन। अब त आधा तिर्न बाँकि छ ।
अनितालाई यतिवेला उपचारमा ठुलो सहयोगको खाँचो परेको छ ।‘अब त ऋणपान पनि कसैले दिदैंनन्, चानचुन फार्मेसी र क्याटिन गरि साढे तिन लाख तिर्नबाँकि छ, सहयोगको आशा राख्दै अनिताले भनिन्,पैसा तिर्न नसक्दा हस्पिटलबाट डिश्चार्ज हुन सकेकी छैन्।
हस्पिटलले खर्चमात्र बढ्छ,बोलाएको बेलामात्र आउनु अहिले घर जानु भनेको छ, अब त ड्रेसिङ मात्र गर्नुपर्ने छ,अनिताले भनिन्, ‘तर पैसा नतिरी कसरी घर जाने होला।

अनितालाई हसिपटलमा ८ बर्षका छोरा अनिसले कुरिरहेका छन्।
‘छोरो सानो छ, अनिताले भनिन्, श्रीमानलाई कल गर्दा उल्टै अपशब्द बोलेर थर्काए । डाक्टरसँग लागेकी छस् भन्न समेत भ्यायो । मेरो मन कसरी सम्हाल्ने होला, उनी भक्कानिदैं रोईन, सँगै जिउने कसम खाएर बिहे गरेको श्रीमान पनि क्रुर निस्कीयो।’
श्रीमानबाट सहयोग पाउनु पर्ने अनिता बालके छोरोको साहारामा हसिपटलमा रोएर दिन कटाइरहेकी छिन्।
‘आफ्नो श्रीमतीलाई फर्केर हेर्नु त परै कै कुरा उपचारका लागि आएको सहयोग रकम पनि लिएर फरार भएको छ, अनिताले दुखेसो पोखिन,‘सासु ससुराले दिएको ५० हजार र उसको बहिनीले पठाएको रकम पनि सबै खाइदियो । अहिले सुनेको छु,पैसा नतिरेर डेराबाट पनि उसलाई निकालि दियो रे । ’

‘सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे अस्पतालबाट निस्कन पाउँथे, त्यसैले सहयोगको अपिल गरेको हुँ,उनले भनिन्।
अस्पतालमा आफ्नो दाईको उपचार गर्न गएका मन्जिल राई भन्छन्, यो दिदिलाई कत्ति पीडा छ । खर्च छैन्। सबैले सकेको सहयोग गरिदिनुहोला।
अनितालाई उपचारसँगै छोरा हुर्काउने चिन्ता छ । भविष्य सम्झँदा उनीको मन कहालिन्छ। अहिलेका लागि उपचार खर्च जुटाउनुपर्ने बाध्यता जो छ । उनले मनकारीहरूबाट सहयोगको याचना गरेकी छिन्। उनलाई ९८६१००४१९४ मा सम्पर्क गरेर सहयोग गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!