बुधबार, फाल्गुण ०७, २०७६ || 910  पटक पढिएको

चर्चित हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको कमेडी चलचित्र ‘सेन्टी भाइरस’ को लिरिकल गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर रहेको गीतमा हर्क सौदको सब्द तथा संगीत पनि स्वयम् हर्क सौदले नै भरेका छन्

शंकर विसीको कोरियोग्राफी र शैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा कलाकारहरु सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । रामबाबु गुरुङले निर्देशन गरेको उक्त फिल्मको गीतलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस चलचित्रमा शंकरसँगै राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको पनि संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सह-निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको उक्त चलचित्रको २० प्रतिशत रकम गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!