पर्शुराम निरौला

आइतबार, पौष ०४, २०७८ || 452  पटक पढिएको

लेटाङ । उधौली चाड नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी किराँत समुदायले विशेष मनाउने महान चाड हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। आज उधौली पूजा २०७८ को अवसरमा याक्थुङ चुम्लुङ लेटाङ नगर समितिले आयोजना गरेको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राईले निशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका हुन् । दैनिक जसो स्वास्थ्य उपचारका लागि सहयोग माग्न आउने क्रम बढेकोले नगरका ९ वटै वडाका अति विपन्न परिवार छनौट गरि स्वास्थ्य बीमा गरिदिन तयारी गरेको मेयर राईले बताए । प्रति वडा ४ सय परिवारलाई निशुल्क बीमा गरिदिए पछि आर्थिक अभावका कारण कसैले उपचारबाट बञ्चित हुनु पर्ने छैन्। उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

कोरोना कारण सामाजिक गतिविधि ढप्प भएका बेला आयोजना भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राईले १२ वर्ष देखि श्रीमान बेपत्ता भएका एकल महिलालाई आर्थिक सहयोग वितरण सम्बन्धी कार्यविधि नगरपालिकाले तयार गरेको बताए । उनले बरु बाटोघाटो पुल पुलेसो नबनाएर भएपनि नगरवासीलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्ने बताए । उनको भनाई थियो- अति विपन्न परिवारको फुसको छानो हटाएर जस्ता पाता लगाई दिने कार्यक्रम यही बर्ष सम्पन्न हुँदैछ । राईले चालु आवमा रङ्गीन जस्तापाता खरिदका लागि २० लाख रुपियाँ विनियोजन गरेको जानकारी गराए । अब लेटाङ फुसको छानो मुक्त नगर बन्नेछ ।

नगरपालिका कार्यालयमा आफूलाई जुनसुकै बेला भेट्न सकिने बताउँदै नगर प्रमुख राईले नगरका सबै सामाजिक ,धार्मिक संघ संस्थाका लागि नगरपालिका सहकार्यमा काम गर्न तयार रहेको बताए । सके नगरले नसके प्रदेश र संघीय सरकारसँग पुर्‍याएर भएपनि नगरको बिकासका लागि काम गर्ने उनको भनाई थियो । ओमिक्रोन संक्रमणको हल्लाले नगरको विकास खर्चमा चुनौति बढेको उल्लेख गर्दै नगर प्रमुख राईले आफू मेयर नभई नगरवासीको सेवक भएको उल्लेख गरे । कार्यक्रममा लेटाङ नगरपालिका वडा ३ का वडाध्यक्ष देवराज चाम्लिङ लगायत समाजसेवी तथा बुद्दिजिबीहरुको उपस्थित रहेको थियोे ।

चुम्लुङका अध्यक्ष जीवन खेवाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातजातिले आआफ्नो जातको नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!