बुधबार, फाल्गुण ०७, २०७६ || 804  पटक पढिएको

डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ ।

गम्भीर प्रश्न छ – कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्रिएर विजयले प्राण त्यागे भनिएको छ । सबैभन्दा गम्भीर अनुसन्धानको पाटो त यो छ कि, सिसिटिभी फुटेजमा विजयले मुनामाथि टाउकोमा निरन्तर हानेको देखिन्छ तर एउटा जिउँदो मान्छेलाई कसैले नीलो प्लास्टिकको पिर्काले हान्दा ज्यान जान्छ कि जाँदैन ? प्लाष्टिकको पिर्काकै भरमा त मान्छे बेहोस पनि हुँदैन, रक्तमुछेल हुनु टाढाको कुरा । अनि २३ वर्षको युवकले ४८ वर्षकी महिलालाई पछाडिबाट डोरीले कसेर लडाउन र एक्लै घाँटी थिचेर मार्न कत्तिको सम्भव होला ? त्यसरी नै नियत खराब गर्दा मारिन लागेको मान्छेले चूपचाप घाँटी थापेको पक्कै थिएन । होहल्ला, रोदन, चित्कार वा हारगुहार गरिएको हुनुपर्छ । त्यत्रो हल्ला हुँदा छिमेकी कहाँ थिए ? यदि त्यस्तो हल्ला भएन भने निर्मला पन्त प्रकरणमा झैं भोकल कर्ड (घाँटीबाट आउने आवाज) अवरोध गरिएको हुनुपर्छ । तर, त्यो काम एक्लो मान्छेबाट, त्यसमा पनि त्यो विषयको तालिम वा ज्ञान नभएको व्यक्तिबाट हुन सक्दैन । प्रहरी अनुसन्धानको अकोए पाटो छ, घटना हुनुभन्दा एक महिनाभित्र पूर्वसचिव कार्की, मृतक मुना र कामदार विजयको मोबाइलमा भएका संवाद, एसएमएस आदान–प्रदानको विवरण, जुन आउने क्रममै छ । कार्कीले घरको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा हेर्ने गरी जडान गरेका थिए । घरमा पत्नी भए नभएको ? को आयो, को गयो ? जस्ता सबै कुरा आफ्नै मोबाइलबाट हेर्थे । विजयको पछिल्ला दिनको मानसिक परिवर्तनप्रति कुनै आशंका थियो कि ! वा त्यस दिनको स्थिती के हो ? विजय पछिल्लो समय घर सरसफाइ गर्ने कामदार मात्र सीमित थिएनन् , उनकी मुनाका व्यक्तिगत ड्राइभर पनि थिए ।

यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!