नेपाल प्रहरीका प्रहरी निरीक्षक ? इन्सपेक्टर श्र विक्रम सुवेदीले कार्यालय समयमा ड्युटी गरिरहेका प्रहरी जवानलाई कुटपिट गरेको भिडियो रातोपाटीले सार्बजनिक गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत इन्स्पेक्टर सुवेदीले ड्यु’टीमा काम गरिरहेका प्रहरी जवान बलबहादुर विश्वकर्मालाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । सलाम गर्न नभ्याउँदा ड्युटीको समयमा काम गरिरहेका प्रहरी जवान विश्वकर्मालाई इन्सपेक्टर सुवेदीले कु’टपिट गरेको बताइएको छ ।भिडियोमा अन्य दुई जना प्रहरीलाई पनि देख्न सकिन्छ ।

तर, उनीहरु पनि इन्सपेक्टर सुवेदीले विश्वकर्मालाई कुटेको हेरेर मात्र बसेका छन् । यस विषयमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीसँग बुझ्दा घटनाबारे अनविज्ञ रहेको बताए । उनले भने, ‘इन्सपेक्टर सुवेदी र जवान विश्वकर्मा सिंहदरबार वृत्तमा कार्यरत छन् । तर घ’टना भएको जस्तो लाग्दैन ।यसैबीच प्रहरी इन्सपेक्टर सुवेदीले आफूले हातपात गरेको नभइ सम्झाइ बुझाइमात्रै गरेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!