२६ नोभेम्बसर सन् २००८ मा भएको मुम्बई हमलाबारे सनसनीपूर्ण खुलासा भएको छ । जसमा आक्रमणमा संलग्न भनिएको लस्कर ए तइबाले ‘हिन्दु आतंकवादी’ले आक्रमण गरेको देखाउने गरी षड्यन्त्र रचेको थियो ।

आतंकवादमा दोषी ठहरिएर फाँसी पाइसकेका अजमल कसाबले नक्कली परिचय पत्र लिएका थिए । जसमा उनको नाम समिर चौधरीको र ठेगाना बैंगलुरु थियो । पाकिस्तान केन्द्रित लस्कर ए तइबाले यो योजना बनाएर ‘हिन्दु आतंकवादी’ माथि आरोप लगाउने षड्यन्त्र रचेको थियो । यसको खुलासा तत्कालिन मुम्बई प्रहरीका प्रमुख राकेश मारियाले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । ‘लेट मि से इट नाउ’ नामक पुस्तकमा उनले लस्कर ए तइबाको योजना सफल भएको हुन्थ्यो भने सबै योजना मुताबिक नै कसाब ‘हिन्दु आतंकवादी’का रुपमा मारिन्थे भनेका छन् ।

सुरक्षाको कारणले मुम्बई प्रहरीले कतिपय विषय बाहिर ल्याएन । यसको खुलासा समेत मारियाले गरेका छन् । उनले दाउद इब्राहिमको समूहले कसाबलाई मारेर प्रमाणहरु नष्ट गर्न योजना बनाएको समेत पुस्तकमा उल्लेख गरेका छन् ।

मुम्बई हमलामा दश आतंकवादीले आक्रमण गरेका थिए । एकजना कसाब जिवितै समातिएका थिए । घटनामा १७४ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!