हिपमत डटकम

बुधबार, मंसिर २२, २०७८ || 528  पटक पढिएको

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित नहरमा डुबेर कैलाली भजनी नगरपालिका-१ बस्ने ३४ वर्षीय सुनिल चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ । सोही नहरमा पानी लिन गएको अवस्थामा डुबेर बेहोस भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका-३ भैसपुर बस्ने ४५ वर्षीया चुन्चा खत्रीको सोही ठाउँस्थित कटुवा खोलामा डुबेर मंगलबार राति मृत्यु भएको छ । घोराही बजारबाट सालको पात बिक्री गरी घर फर्कदै गर्दा क्रममा उक्त खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!