हिपमत डटकम

आइतबार, मंसिर १९, २०७८ || 927  पटक पढिएको

बिराटनगर। नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत देखिएको छ । तर हामी वस्तबिक जोडी होइनौ सलोनले भने म त माया पौडिदै छु उनी त यो क्षेत्र भन्दा फरक विधामा छिन, सलोनले बताए ।

‘तिम्रो मायाले’ बोल रहेको उक्त गीतमा गायिका रचना रिमाल र गायक केशब भावुकको सुमधुर स्वरले सजिएको छ ।
भिडियोमा सलोन र रुबिनसंगै भाईरल टिकटकर सन्तोष बस्नेत, लोसिन लमिछने, प्रख्यात घिमिरे, तप्स्या, गोपाल, कृति लगायतले अभिनयमा साथ दिएका छन ।

बिदेशमा रहेर पनि आफ्नै देशको संस्कृति, भेषभुषा र नेपाली गीत संगीतलाई माया गर्ने, थुप्रै चर्चित गीतहरुकी सर्जक गीतकार सुधा मरहठ्ठाको शब्द लेखन र चर्चित संगीतकार राजन तिमिल्सिनाले संगीत रहेको गीतको भिडियो निर्देशन चर्चित तथा अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शशान कँडेलले गरेका हुन ।

भिडियोमा जती नै लगानी भएपनी यसबाट हुने कमाई;आओ समाज सेवामा लगाउछु गीतकार मरहठ्ठाले बताईन ।
गीतमा योगेश काजीको संगीत संयोजन अशिष अविरलको मिक्सिङ मास्टरिङ्ग रहेको छ ।

काठमाण्डौमा एक कार्यक्रम गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी बुद्ध थापाको छाँयाकन बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई गीतकार सुधा मरहठ्ठाको अफिसियल युट्युब च्यानल सुधा इन्टरटेन्मेण्ट मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!