हिपमत डटकम

आइतबार, मंसिर १९, २०७८ || 505  पटक पढिएको

पथरी शनिश्चरे। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मोरङको पथरी शनिश्चरेस्थित शनिश्चरे चोकमा कचहरी नाटक ‘दोषी को ?’ प्रदर्शन भएको छ ।

लैङ्गिक हिंसा अन्तर्गत पनि सार्वजनिक यातायात, सार्वजनिकस्थल, सामाजिक सञ्जालमा हुने गरेको महिला हिंसालाई नाटकले केन्द्रीत बनाएको छ । त्यसका अलावा शिक्षण संस्थाहरुमा पनि नजानिदो गरी छात्राहरुमाथि हिंसा हुने गरेको कुरा पनि नाटकले प्रस्तुत गरेको थियो ।

कार्यक्रममा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले लैङ्गिक हिंसा अन्तर्गत महिला नै बढी हिंसाको सिकार भएकाले सचेतनाको आवश्यकता रहेको र नाटकले त्यस्तो सचेतना प्रवाह गरेको बताउनु भयो ।

पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा नगरस्थित महिला फेडेरेशनले आयोजना गरेको कार्यक्रममा शब्द थिएटरका कलाकारहरुको प्रस्तुति रहेको थियो । नाटकमा विद्यालय विद्यार्थी, शिक्षक सहितका दर्शकहरुले आफुहरुलाई सक्रिय सहभागिता जनाई हिंसा अन्त्य गर्ने बारेमा कचहरी गरेका थिए ।

भूपेन्द्रराज तिम्सिनाको लेखन, जीवन बरालको निर्देशनमा प्रस्तुत नाटकमा तिम्सिना, बरालका साथै सुमन कुइकेल बराल, मेनुका कुलुङ, लीला कुलुङ, इश्वर दुलाल, विमला पोखरेल, प्रेम खतिवडा र नविन गुरुुङको अभिनय रहेको छ । अभियान अन्तर्गत सो नाटक भोली हसन्दह चोकमा मंसिर २४ गते पथरीको यलम्बर चोकमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!