हिपमत डटकम

आइतबार, मंसिर १९, २०७८ || 509  पटक पढिएको

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा रोकियो ।

बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको हो । बजार राताम्य भएसँगै कारोबार रकम समेत खुम्चिएको छ । आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । यस कारोबारबाट ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ । आइतबार कारोबार रकम ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ मात्र रह्यो । आइतबार सबै समूहको परिसूचक ओरालो लाग्यो । यसमध्ये वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा सबैभन्दा धेरै घटुवा भयो ।

घट्दो बजारमा समेत आइतबार न्यादी हाइड्रोपावरका लगानीकर्ता भने मालामाल भए । यो कम्पनीको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो । यसबाहेक नयाँ सारथी लघुवित्त, मैलुङ खोला जलविद्युत, यूनिलिभर नेपाल, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले बढी कमाए ।

आइतबार आईसीएफसी, सबैको लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, पन्चकन्या माइ हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् । आइतबार नेशनल हाइड्रो पावर कम्पनीको सबैभन्दा बढी कारोबार भयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!