हिपमत डटकम

शुक्रबार, मंसिर १७, २०७८ || 587  पटक पढिएको

लागूऔषध मुद्धा र चोरी मुद्धाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्धाका सुनसरी धरान उप-महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिदिकी र चोरी मुद्धाका मोरङ कटहरी गाउपालिका १ का २३ बर्षीय सुरज कामत रहेका छन् । पक्राउ परेका दुवैजनालाई सम्मानित सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागी हिजो कारागार चलान गरिएको छ ।

 

लागूऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १ महिना २४ दिन कैद र रु.१ लाख जरिवाना भई लगत नं. ७२३२ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सिदिकी र चोरी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र रु. १५०००/- जरिवाना भई लगत नं.- ५८१ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो दिउसो ११ बजे फेला पारी पक्राउ गरि सम्मानित जिल्ला अदालतमा दाखिला गरिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!