नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
मंगलवार छापावाल सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलवार चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।