हिपमत डटकम

शुक्रबार, मंसिर १०, २०७८ || 798  पटक पढिएको

विराटनगर। सिक्किमकी कवि जीविका अश्रुद्वारा लिखित ‘भोकको भाइरस’ कवितासङ्ग्रह विराटनगरमा विचोचन गरिएको छ ।

विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा साहित्यकार सरला चापागाईं, रामबाबु दाहाल, आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले संयुक्त रुपमा कवितासङ्ग्रह विमोचन गरेका थिए । विमोचित कृतिका विषयमा डा. विशालबाबु बस्नेत र डा. लक्ष्मण खनालले समीक्षा गरे । संग्रहमा विभिन्न शीर्षकका ४५ वटा कविता संग्रहित छन् ।

सोही अवसरमा आयोजित सिर्जना वाचनमा कवि सुमन पोखरेल, सीमा आभास, भरत गुरागाईं, मीनकुमार नवोदित, चूडामणि नेपाल ‘अकिञ्चन’, शुभलक्ष्मी लम्साल, रोहिणी रसिक, हेमन्त निरौला, लक्ष्मी स्मृति, जमुना पौडेल, सविना श्रेष्ठ, अम्विका खरेल, सुमन गुरागाईं, शारदा कार्की, राधा भट्टराई, भवानी पोखरेल, लक्ष्मी स्मृति, अजिता प्रधान, मञ्जु घिमिरे दाहाल, लक्ष्मी रायमाझीलगायत दुई दर्जनभन्दाच बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । सहकारीले विगत साढे दुई वर्षदेखि हरेक महिनाको दोस्रो शुक्रबार सिर्जना वाचन गर्दै आएको छ । शुक्रबार ३० औं शृंखला सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!