भारतको गुवाहाटीमा भएको ६५ औं फिल्मफेयर अवार्डमा फिल्म गली बोयको गीत ‘अपना टाइम आएगा’ ले फिल्मफेयर अवार्ड पायो । यो अवार्डको दौडमा मनोज मुंतशिरले लेखेको गीत ‘तेरी मिट्टी…’ पनि समावेश थियो । आफ्नो गीतले सम्मान नपाएका कारण मनोजले सोसल मिडियामा सन्देश लेखेर सबै अवार्ड शोलाई बहिष्कार गरेको घोषणा गरेका छन्

https://www.instagram.com/p/B8l_-BsJBUW/

मैले जीवनभरी कोसिस गर्दा पनि ‘तू कहती थी तेरा चान्द हुँ मे और चान्द हमेशा रहता हे’ भन्दा उत्कृष्ट लाइन लेख्न सक्दिनँ । तपाईं ती शब्दलाई सम्मान दिन असमर्थ प्रमाणित हुनुभयो जसले करोडौं भारतीयलाई रुवायो र आफ्नो मातृभूमिबारे चिन्ता गरे । त्यसकारण आज म तपाईंलाई अलविदा भन्दैछु । आफ्नो अन्तिम साससम्म पनि कुनै अवार्ड शोमा नजाने यसैमार्फत् आधिकारिक घोषणा गर्छु । अलविदा ।’

गीतमाथि अन्याय भएको छः

मनोज भन्छन्, ‘यदि सर्वसाधारणको अगाडि यी दुई गीतलाई सँगै राखेर हेर्ने हो भने ‘तेरी मिट्टी…’ को लिरिक्सले लगभग ४० लाख मिलिट्री र प्यारामिलिट्री फोर्सेसलाई प्रतिनिधित्व गर्छ । यो देशभक्तिको राष्ट्रगानजस्तै हो । यदि यो गीतलाई ‘तू नंगा ही तो आया हे, घण्टा लेकर जाएगा…’ सँग तुलना गरिँदै छ भने यो गलत हो ।’

गीत सुन्नेहरुको मन टुट्योः

उनी थप्छन्, ‘मलाई लाग्छ कि सिनेमा एउटा पर्दा हो यो कहिले बेपर्दा हुनु हुँदैन । यस्ता प्रकारको वाहियात गीत बन्नु नै हुँदैन । यदि बन्छ भने पनि फिल्मफेयर जस्तो अवार्डले त्यसलाई मनोनित गरेर अवार्ड पनि दिन्छ भने मलाई यसमा कुनै आपत्ति छैन । तर यसो हुँदा जनता निरस छन् । हिन्दुस्तान यति ठूलो देश छ, रे यहाँ संगीत बुझ्ने मानिस पनि छन् । जसले संगीत बुझेका छन् उनीहरुको मन टुटेको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!