हिपमत डटकम

आइतबार, मंसिर ०५, २०७८ || 420  पटक पढिएको

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराईरहेका थप दुई संक्रमितको मृत्यु भएको छ । एक जनाको शनिबार राति मृत्यु भएको हो भने एक जनाको आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मङ्सिर ३० गते अस्पताल भर्ना भएका बाँके बैजनाथ ५ का ६८ वर्षीय पुरुषको राति ११ बजे मृत्यु भएको थियो भने मङ्सिर २५ गते अस्पताल भर्ना भएका गढवा ७ दाङकी ४९ वर्षीया महिलाको आइतबार बिहान ३ बजे मृत्य भएको हो ।

 

यसअघि शनिबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दाङका ३५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले यो सँगै कोरोनाबाट संक्रमति भएर बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गराउन आएका मध्ये मृत्यु हुनेको संख्या ४३३ पुगेको र मृत्यु हुने बाँके जिल्लाका स्थानीय वासिन्दाको संख्या ३४१ पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!