
काठमाडौं– बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ कम हो ।