काठमाडौं– भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने प्रमुख नाकामै स्थायी पुल नहुँदा आवतजावतसँगै व्यापारिक गतिविधि समेत प्रभावित बनेको छ ।

स्थानीयको दबाबपछि २०७६ सालदेखि वैकल्पिक रूपमा फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा वर्षायाममा नदीको बहाव बढ्दा फेरी पटक–पटक बन्द हुने गरेको छ । बर्खायाममा फेरी पूर्ण रूपमा ठप्प हुँदा नागरिक झोलुङ्गे पुल प्रयोग गर्न र पिठ्यूँमा सामान बोकेर नदी पार गर्न बाध्य हुने गरेका छन् ।

पक्की पुल नहुँदा भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभाको साल्पासिलिछो गाउँपालिकाका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासीका अनुसार सतिघाटमा पुल निर्माणको आशा धेरै वर्षदेखि देखाइए पनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन ।

हिउँदमा भने बिहान ७ बजेदेखि राति १० बजेसम्म फेरी सञ्चालन हुँदै आएको छ । तर, यसले तत्कालका लागि मात्र केही राहत दिएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास बताउँछन् । उनका अनुसार सतिघाटमा पक्की पुल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहे पनि काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!