नेपाली काङ्ग्रेस सर्लाही वर्तमान सभापतिले १४ औं महाधिवेशन लिएर निकालेको षड्यन्त्र मुलक झुठा प्रेस विज्ञप्तिकाे घोर भत्सर्ना गर्दै शुक्रबार सदरमुकाम मलंगवा स्थित जानकी पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

बिहीवार हुन भनिएको वडा अधिवेशनमा दुबै पक्ष बिच सहमति भएकोमा पटकपटक निर्वाचन अधिकृत संग मिली सहमति बिपरित विधिविधान र निर्देिशका एवं निर्देशनको उलंघन गरी जबर्जस्ती निर्वाचन अधिकृतलाई दबाब र प्रभावमा पारी एकलौटी अधिवेशन गर्न गराउन बाध्य पारेकोले सो कार्यको घोर भत्सर्ना गर्न पार्टी कार्यालयमा गएका नेता कार्यकर्ता धाक-धम्की दिखाई जिम्मेवार व्यक्तिहरुले समेत आफ्नो पदीय मर्यादा समेतलाई ख्याल नगरी कार्याकर्तालाई हातपात गाली गलौज देखि अंगरक्षक द्वाराा हतियार प्रदर्शन समेत गरेको भन्दै पुर्व सभापति लक्ष्मण रायद्वारा जारी प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

साथै पार्टीले यस्तो गौर जिम्मेवार कार्यको समेत घोर भर्त्सना गरेको छ ।

काङ्ग्रेस केन्द्रिय कार्यालयले महाअधिवेशन गराउन प्रथम पटक निर्वाचन गर्न कार्तिक १७ गतेको पत्र लिएर सर्लाही आएका बिनोद कार्की बिधि-विधान विपरीत कार्य गर्न बाध्य पारेको उक्त कार्य नमानेको र कार्तिक २६ बाध्यपारी उहाँलाई राजनिमा गर्न लगाई पुन कार्तिक १७ गते नै राजनिमा स्वकृत हुनु भन्दा ९ दिन अगाडी नै षड्यन्त्र पुर्वक दिवाकर राज पाण्डे लाई निर्वाचन अधिकृत बनाई धान्धली निर्वाचन जित्ने मनसाय कर्याकर्ता माथि गरिएको ज्यादतीको निष्पक्ष छानबिनको माग गर्दै निर्वाचन अधिकृत पाण्डेलाई फिर्ता गरी अबिलम्ब धानदली रहित निष्पक्ष र स्वक्ष निर्वाचन गर्न पार्टीले माग गरेको छ ।

पत्रकार सम्मेलन कार्यक्रम पुर्व सभापति पक्षका जिल्ला सचीव नबिन अधिकारी नेता बिनोद खनाल र बलराम झाले घटना बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!